काठमाडौं असार, ५–
पछिल्लो समय राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच सुरु भएको एकता वार्ता सकारात्मक दिशातर्फ रहेको बताईएको छ । मंगलबार दुई राप्रपाका शीर्ष नेताहरुबीच एकता वार्ता सुरु भएको हो ।
आज भएको एकता सम्बन्धि छलफलमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङदेन तथा राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता रहेको थियो ।
प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमति भएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए । यसअघि दुवै राप्रपाले वार्ताको लागि समिति बनाएका थिए ।