बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जापानमा बिहानै ६.१ म्याग्नीच्युडको भूकम्प गयो, ३ जनाको मृत्यु र दर्जनौं घाइते

सोमबार, असार ४ २०७५

काठमाडौं असार, ४–
सोमबार बिहान जापानमा  ६.१ म्याग्नीच्युडको भूकम्प गएको   छ । ओसाका केन्द्र बिन्दु भएर गएको भूकम्पमा  परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।

भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ ।

जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ ।