काठमाडौं असार, ३-
योर पार्टनर फोर प्रोग्रेस भन्ने नारालाई आत्मसाथगरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आईतबारदेखि हाल बिराटनगरमा रहेको कार्यालय भन्दा करिब पाँच सय मिटरकोे दुरीमा रहेको रंगेली रोडमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नु भएको छ । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
अब आफ्नै भवनबाट छिटो ,छरितो ,चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता बिराटनगर शाखाका प्रवन्धक सुमन निरौलाले व्यक्त गरे । औद्योगिक नगरी बिराटनगरमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पुर्याउने हेतुले विभिन्न नयाँ योजना ह रु प्रभावकारी ढंगले संचालन गर्ने निरौलाले जानकारी गराए । मुलुक संघीय प्रणालीमा गएसँगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ्ग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा यसै आ.वमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी गराए ।