काठमाडौं असार, ३–
युनाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिृकत शेखर बरालले राजीनामा दिएका छन् । सञ्चालक समितीसँग बिवाद बढेपछि प्रमुख कार्यकारी बरालले राजीनामा दिएका थिए ।
उनको राजीनामालाई कम्पनीको असार १ गते बसेको सञ्चालक समितीको बैठकले असार ४ गते अर्थात सोमबारदेखि नै कार्यान्वयनमा आउने गरी स्वीकृत गरेको छ । बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा दोस्रो निर्णय नभएसम्मका लागि कम्पनीमा कार्यरत रमेश कुमार भट्टराईलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी दिएको छ । कम्पनीमा चौधरी समुहको प्रमुख सेयर लगानी रहेको छ ।