भक्तपुर असार, २–
ओली सरकारले पेट्रोलियम पदार्थ लगायत अन्य उपभोग्य सामाग्रीमा गरेको मूल्यवृद्धिविरुद्ध नेपाल विद्यार्थी संघले देशव्यापी आन्दोलन चर्काएको छ । देशव्यापी आन्दोलन चर्काएको नेविसंघले भक्तपुर जिल्लामा पनि आन्दोलनलाई निकै चर्को ढंगले अघि बढाएको छ । नेविसंघ भक्तपुरका अध्यक्ष सुविन श्रेष्ठका अनुसार नेविसंघले ओली सरकारविरुद्धको आन्दोलनलाई थप चर्काउन नगरका विभिन्न स्थानमा राँके जुलुस तथा मोटरसाइकल र्याली निरन्तर गरिरहेको जानकारी गराए । गत बुधबार भक्तपुर नेविसंघले भक्तपुरका विन्भिन्न स्थानमा ओली सरकारको मूल्यवृद्धिबिरुद्ध चर्का नारसहित र्याली निकालेको र कोणसभा आयोजना गरेको अध्यक्ष श्रेष्ठले जनकारी गराए । कोणसभालाई भक्तपुर नेविसंघ अध्यक्ष सुविन श्रेष्ठ तथा सानोठिमी क्याम्पसका नेविसंघ इकाई अध्यक्ष लगायतले सम्बोधन गरेका थिए । उनीहरुले मूल्यवृद्धि गरेको ओली रिकारलाई घुँडा टेकाएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने र थप चर्काउन अध्यक्ष श्रेष्ठले जानकारी गराए ।