मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

धनगढी पुगेर पूर्वराजाकाे प्रश्न : के नयाँ नेपाल भनेको यही हो?

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वलाई के नयाँ नेपाल भनेको यही हो भन्दै प्रश्न गरेका छन् ।

सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् ।

‘के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ? उनको प्रश्न थियो ।

शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले सोझासाझा जनतालाई मूर्ख भन्दै तिनलाई झुकाउँदै आफ्नो स्वार्थ सिद्ध गर्ने प्रपञ्च भएको बताए ।

पछिल्लो समय वीर परिश्रमी र स्वाभिमानी नेपालीहरुको वीरता र स्वाभिमान श्रम सीप सबैथोक खोसिएको उनले बताए । उनले नेपालको अहिलेको अवस्था देख्दा हामी सबैको आँखा रसाउँदै गएको बताए ।

उनले गरेको सम्बोधन