काठमाडौं । यातायात व्यवस्था विभागले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।
आजबाट डिजेल र मट्टितेलको मूल्य घटेसँगै यातायातको भाडा पनि घटेको हो । नेपाल आयाल निगमका अनुसार आजबाट डिजेल र मट्टितेलको १० रुपैयाँ मूल्य घटेको छ ।
डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
हेर्नुहोस् सूची