बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गृहमन्त्री थापाकै निर्णय ठाडै उल्लंघन, मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

बुधबार, जेष्ठ ३० २०७५

३० जेठ, काठमाडौं–
गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारवाही गर्न देशभर बाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ । 
आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होईन उसको दावीअनुसार क्षतिपुर्ति दिने तयारी पनि गरेको छ ।

भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।

सोही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उच्च स्रोतको दाबी छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।