शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रधान न्यायाधीशको नाम सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

मंगलबार, जेष्ठ २९ २०७५

काठमाडौं जेठ, २९–
प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।  प्रधान न्यायाधीशको नाम सिफारिस गर्न भन्दै प्रधानमन्त्री ओलीले मंगलबार साँझ ५ बजे संवैधानिक परिषदको बैठक डाकेका हुन् । 
संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।