काठमाडौं जेठ, २८–
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को जिम्मेवारी सुुमन शर्माले सम्हालेका छन् । प्रमुख कार्यकारी अधिकृत शर्मााले आजदेखि उक्त जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ ।
२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए । त्यसपछि शर्माले एन.एम.बि. बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेशगरेका थिए । यस अघि माछापुच्छ्रे बैंकमा शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका छन् । बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिनछन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित समेत भैसकेका छन् ।