बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

शनिबार, जेष्ठ २६ २०७५

२६ जेठ, काठमाडौं–सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिवद्धता दोहेर्याइरहँदा सरकारी सेवामा पाँच बर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पइएको छ । 

स्वास्थ मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला बर्षका तुलनामा डाक्टरको संख्या घटेको हो । 

सरकारले अघिल्लो सता सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रथम ८ महिनामा स्वास्थ्यमा २ हजार ४ जना चिकित्सक कार्यरत छन् । आजको नागरिक दैनिकमा खबर छ ।

अघिल्लो बर्ष यही अवधिमा २ हजार ६ सय ४० चिकित्सक कार्यरत थिए । यो गत पाँच बर्षमा सबैभन्दा बढी हो । 

जनसंख्या बर्सेनी बढे पनि त्यस अनुपातमा चिकित्सकको दरबन्दी अत्यन्तै न्यून छ । भएका दरबन्दी पनि खाली छन् ।