बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वुद्दि तामाङ अभिनित दुई फिल्म एकैसाथ प्रदर्शनमा

शुक्रबार, जेष्ठ २५ २०७५

काठमाडौं जेठ, २५–
फ्राईडे रिलिज अन्तर्गत आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । किशोर भण्डारी ‘डिठ्ठा साब’ निर्देशित ‘चङ्गा’ तथा टेक पौरखी राईले निर्देशन ‘मट्टिमाला’ एकैसाथ प्रदर्शनमा आएका हुन् ।  फिल्म ‘चङ्गा’ हाँस्य कलाकार किशोर भण्डारीकै लेखन तथा निर्देशनमा निर्माण भएको हो । हाँस्य जनरामा निर्माण भएको  फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । फिल्म  ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार–चढावलाई जोडिएको निर्देशक भण्डारीको भनाई छ । फिल्ममा वुद्दि तामाङ,  अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।  फिल्ममा रविन आचार्यको छायांकन तथा   राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ ।  प्रकु पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा  रेश्मा तिमल्सिना ‘बुनु मैचा’ निर्मात्री रहेकी छिन् । त्यस्तै, आजैदेखि प्रदर्शनमा आएको ‘मट्टिमाला’ मा  वुद्दि तामाङ,  रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वि राईल गायत कलाकारको मुख्य अभिनय रहेको छ । 
तर, एउटा संयोग भनेको आजदेखि प्रदर्शनमा आएका दुबै फिल्ममा वुद्दि तामाङ दोहोरिएका कलाकार हुन् । यी दुवै फिल्ममा वुद्दि लिड रोलमा छन् । एउटै स्टारका एकभन्दा बढी फिल्म एकसाथ हलमा लाग्नु अब कुनै नयाँ कुरा भने भएन ।  यसअघि पनि  कयौँ पटक यस्ता घटना नदेखिएका होईनन्  । केही हप्ता अगाडि अभिनेत्री प्रियंका कार्की स्टारर ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ एकसाथ हलमा लागेका थिए ।