बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फोरम सरकारमा गएसँगै संविधान संसोधनको बहस सुरु

शुक्रबार, जेष्ठ २५ २०७५

२५ जेठ, काठमाडौं– संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ ।

फोरमले नेकपासँग संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस सुरु भएको हो । राजपा र फोरमले ३ असोज ०७२ मा संविधान जारी भएदेखि नै संशोधनको माग राख्दै आएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आन्दोलनका क्रममा फोरम र राजपाले ११ वटा बुँदामा संशोधन खोजेका थिए । अहिले ३ वटा बुँदामा संशोधन भए हुनेमा पुगेका छन् ।

तर, संशोधनबारे अहिलेसम्म प्रयास भने केही पनि भएको छैन । सत्तापक्ष तत्काल संशोधन गर्ने पक्षमा देखिएको छैन । कार्यान्वयनका क्रममा जटिलता देखिए संशोधन गर्दै जाने सत्तापक्षको तर्क छ ।