काठमाडौं – थप १३ वटा कम्पनीहरुलाई ब्रोकर कम्पनीको लायि आसयपत्र पाएका छन् । नेपाल धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितीको बैंठकले ति कम्पनीहरुलाई नयाँ ब्रोकर कम्पनीको लागि आसयपत्र प्रदान गरेको हो । आसयपत्र प्राप्त गर्नै कम्पनीहरुमा सनराईज सेक्युरिटिज लिमिटेड, जेविएनएल सेक्युरिटिज लिमिटेड, शेयर प्रो सेक्युरिटिज लिमिटेड, स्टक्सकार्टस सेक्युरिटिज लिमिटेड, प्रोपर्टि बिजार्ड लिमिटेड, क्यापिटल हब प्राली, मिल्की वे सेयर ब्रोकर कम्पनी, ब्लुचिप सेक्युरिटिज लिमिटेड, गरिमा सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट प्राली, मनी वल्र्ड शेयर एक्सचेन्ज प्राली, शुभकामना सेक्युरिटिज प्रालि र मियो सेक्युरिटिज लिमिटेड रहेको बोर्डले जानकारी दिएको छ ।
बोर्डले २०७९ असोज दुई गते ३० दिनको अवधि तोकेर नयाँ ब्रोकर कम्पनीको लाईसेन्सको लागि आवेदन माग गरेकोमा ४५ वटा कम्पनीहरुले नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिएकोमा पहिलो लटमा १६ वटा कम्पनीलाई आसयपत्र प्रदान गरेको बोर्डले थप १३ वटा कम्पनीहरुलाई आसय पत्र प्रदान गरेको जानकारी दिएको छ ।