काठमाडौं – दोलखाको कालिन्चोक गाउँपालिका–७ सित्खास्थित सडकमा ना.७ ख ६९१३ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ६९ वर्षीय गंगा पाण्डेको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको च्छो–रोल्पा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको सबैला नगरपालिका–१३ सिर्का टोलस्थित सडकमा प्रदेश २–०३–००१ क १६२१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने धिरेन्द्र कुमार दनुवारको छोरा ७ वर्षीय रियान्स कुमार दनुवारको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ललिता हेल्थ केयर रघुनाथपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएकी सोही ठाउँ बस्ने वीरेन्द्र दुनुवारकी छोरी ५ वर्षीया राधी कुमारी दनुवारलाई सोही हेल्थ केयर हुँदै थप उपचारको लागि काव्या अस्पताल जनकपुर पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
काभ्रेको बनेपा नगरपालिका–१३ भैसिपाटी पुलस्थित सडकमा बा.६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय बालकृष्ण बुढाथोकीको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।