बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुमारी बैंकद्वारा वृक्षारोपण कार्यक्रम

बुधबार, जेष्ठ २३ २०७५

काठमाडौं जेठ, २३–
 कुमारी बैंक लिमिटेडले हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवस,२०७५को  अवसर पारेर वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।  बैंकको नक्सालस्थित कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित बाबा आश्रममा आयोजना गरिएको उक्त वृक्षारोपण कार्यक्रम बैंकका सञ्चालक समितिका अध्यक्ष,   सन्तोष कुमार लामाको प्रमुख आतिथ्यमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।  नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वातावरण दिवसका अवसरमा “एक कर्मचारी एक फलफूल विरुवा” अन्तर्गत, सबै वित्तीय संघसंस्थाहरुलाई वृक्षारोपण गर्न आह््वान गरेको थियो । सोही अनुसार, कुमारी बैंकले आजैका दिन विभिन्न शाखा कार्यालय परिसरहरुमा पनि फलफूलको  विरुवा रोपी यस वर्षको विश्व वातावरण दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।