खिजिदेम्वा गाउँपालिका–२ तोपाडाडा बस्ने ५७ वर्षीया देवमाया बुढाथोकीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ । अफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको मन्थली अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।