मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सरकारमा सहभागिता वा समर्थन फिर्ताको निर्णय लिनु अघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

आइतबार, बैशाख १७ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न  गएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् ।

सोमबार बस्ने बैठकले सरकारमा सहभागिता र प्रचण्ड सरकारलाई दिएको समर्थन कायम राख्ने की फिर्ता लिने भन्ने विषयमा निर्णय गर्ने बुझिएको छ । सो निर्णय लिनु अघि रास्वपा सभापति रवि र प्रधानमन्त्रीबीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन् । तर सो पार्टीले सरकारमा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन ।

नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टाचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।

सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार केन्द्रिय तथा संसदीय दलको बैठक बोलाएको छ ।

यसैगरी, सोमवार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिईसकेका छन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।