मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर आजबाट नेपाल बारले आन्दोलन गर्दै

आइतबार, बैशाख १७ २०८०

काठमाडौं । नेपाल बार एशोसिएशनले आजबाट बिरोध प्रदर्शन गर्दैछ ।

बिरोध कार्यक्रम आजबाट एक हप्तासम्म सञ्चालन गर्ने बारले जनाएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर बारले आन्दोलन गर्न लागेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल बारले प्रधानन्यायाधीश तत्काल नियुक्ति गर्न ध्यानाकर्षण गराएको थियो ।

यद्यपी संवैधानिक परिषद्को बैठकबाट निस्कर्ष निस्किन नसक्दा अझै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।