बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन सकिए लगत्तै राजनीतिक संक्रमण अन्त्यको प्रयासः प्रधानमन्त्री ओली

मंगलबार, जेष्ठ २२ २०७५

काठमाडौं जेठ, २२–
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै चरणको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यको प्रयास भएको बताएका छन् ।  पछिल्लो समयमा  नेपालमा राजनीतिक संक्रमण कालको अन्त्य गर्ने प्रयास भइरहेको उनको दाबी छ । 

मंगलबार काठमाडौमा प्रारम्भिक बाल शिक्षाबारे अन्तराष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै उनले भने,  ‘राजनीतिक संक्रमण काल अन्त्य गर्दैछौ, अब शिक्षासँगै विकासको गतिमा अघि बढ्नुपर्छ’ ओलीले भने ।

प्रधानमन्त्रीले गुणस्तरीय शिक्षामा जोड दिदै  राज्यले शिक्षाका लागि उच्च प्राथमिकतामा वालबालिकालाई राखेको बताए । ९० प्रतिशत बालबालिकाको दिमाख ५ बर्षको उमेरमा विकास हुन्छ भन्दै ओलीले त्यो  समयमा अभिभावककासाथै समाज र राज्यले पनि उपयुक्त ध्यान दिनुपर्ने प्रष्ट पारे । 
सरकारले आगामी बर्षमा शिक्षालाई विशेष प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने भन्दै त्यसको सुरुवात यो बर्षको बजेट कार्यक्रमबाटै भएको बताए ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नेपालमा ८४ प्रतिशतले शिक्ष सेवा पाएको भन्दै यो एशिया प्रशान्त क्षेत्रको अनुपात ६९प्रतिशत भएको बताए । उनले शिक्षाको गुणस्तरमा विकास गर्ने भन्दै संसारमा भएको राम्रो मोडेल नेपालको शिक्षामा लागू गर्ने समेत बताए ।