बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कतारमा नेपालीलाई गोली हानेर ‘मृत्युदण्ड’ दिने फैसला

मंगलबार, जेष्ठ २२ २०७५

२२ जेठ, काठमाडौं–कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । 

कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो । 

यो फैसलाउपर नेपाली दुतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

औरही १ महोत्तरीका चौधरी हत्या अभियोगमा २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए । 

अदालतले मृत्यु नभएसम्म गोली हानेर मृत्युृदण्ड दिने फैसला सुनाएको हो ।

पुनारावेदनमा बहस गर्न झन्डै ३० हजार रियाल करिव ६ लाख रुपैयाँ लाग्ने भन्दै दुतावासले बजेट उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।,आजको कान्तिपुरदैनिकमा यो खबर छ ।