बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

करेन्ट लागेर मृत्यु

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं – रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया बस्ने १५ वर्षीय चन्दन पासवानको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कटहरिया स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु भएको हो । मोरङको कानेपोखरी गाउँपालिका–२ ओझा टोल बस्ने ४० वर्षीय भुटाई केबरतको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरको कोठामा रहेको बिजुलीको नाङ्गो तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।