बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुर्चोकस्थित सडकमा ना. ५ त ९३६० नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–५ बस्ने २५ वर्षीय सन्तोष कुवँरको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

गुल्मीको मालिका गाउँपालिका–२ खल्टिङ खोलास्थित सडकमा लु. १ च ९९११ नम्बरको जिप अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सह–चालक बाग्लुङ बडिगार्ड गाउँपालिका–९ बल्घास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालकलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।