बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अवैध लागूऔषधसहित तीन जना पक्राउ

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं – बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–८ बस्ने २४ वर्षीय अमिर खान र बाँके डुडुवा गाउँपालिका–७ बस्ने ३७ वर्षीय राजु सिंह रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भे.७ प ८४३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।