बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हुन्डी कारोबारमा संलग्न सात पक्राउ

मंगलबार, जेष्ठ २२ २०७५

२२ जेठ, काठमाडौं–प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोवार गर्ने सातजनालाई पक्राउ गरेको छ । 

उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाई छ । 

महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हुन्डी कारोबारी विरुद्ध चलाएको अपरेसनका क्रममा न्युरोड लगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोवार गर्न सातजनालई पक्राउ गरी
उनीहरुबाट सो रकम चेक बरामद गरेको जनाएको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।