काठमाडौं – झापाको बिर्तामोड नगरपालिका–७ बेम्बोहाउस बस्ने ४० वर्षीया आरती मण्डल सोही नगरपालिका–८ संकरबारीस्थित एक घरको शौचालयमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ काली खोलाको बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी, दुहबी नगरपालिका–३ फुटानी चोकस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबर मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।