काठमाडौं जेठ, २१–
काठमाडौंमा गैडाको खागसहित एक जनालाई पक्राउ परेका छन् । धादिङको वेनिघाट रोराङ्ग गाउँपालिका–५ का १९ वर्षीय जिसन सुनारलाई महानगरीय प्रहरी वृत्त, लैनचौर सोह्रखुट्टेले पक्राउ गरेको हो ।
प्रहरीले सिंग जस्तो देखिने गैंडाको खाग ६५ लाख रुपैयाँमा विक्री गर्न लागेको अवस्थामा उनलाई नयाँ बजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सुनारमाथि थप अनुसन्धान तथा काराबाहीका लागि खागसहित जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।