बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मृत अवस्थामा फेला

मंगलबार, बैशाख १२ २०८०

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क डेरा गरी बस्ने २५ वर्षीया उर्मिला चौधरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । बाराको निजगढ नगरपालिका–८ हाटबजार लाग्ने स्थानमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । पर्साको वीरगंज महानगरपालिका–२५ सिर्सियास्थित कलभर्टभित्र हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको कन्काई नगरपालिका–४ कोटीहोमस्थित माई खोला छेउको प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका कार्की भनेर चिनिने अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरीको झापा, शिवसताक्षी नगरपालिका–६ धौले चोकस्थित कन्काई सिचाई आयोजनाको नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।