बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मंगलबार, बैशाख १२ २०८०

काठमाडौं – महोत्तरीको बलवा नगरपालिका–११ रौजा बजार बस्ने ४८ वर्षीय जमुरुद्दीन शेखको फर्निचर पसलमा करेन्ट सर्ट भई गएराति आगलागी भई उक्त आगो फैलिएर सोही ठाउँमा रहेको कुखुरा फर्म र मासु पसलमा समेत आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–७ बस्ने रामरुप मण्डलको ३ वटा घर र १ वटा गोठमा करेन्ट सर्ट भई सोमबार साँझ आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।