बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

मंगलबार, बैशाख १२ २०८०

काठमाडौं – कैलालीको गोदावरी नगरपालिका–१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय चन्दु महतालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला परी पक्राउ गरेको हो । साथै गोदावरी नगरपालिका–५ गेटा मेडिकल कलेज नजिकबाट सोही ठाउँ बस्ने २० वर्षीय मदन चन्द समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश पाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका–१ लक्ष्मीटोल बस्ने २३ वर्षीय पदम भट्ट र भिमदत्त नगरपालिका–४ भगतपुर बस्ने ३३ वर्षीय सुरेन्द्र थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको सु.प.प्र.०२००३ प ६१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालस्थित सडक छेउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५६ मिलिग्रामसहित सोही ठउँ बस्ने २८ वर्षीय हरीश भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।