काठमाडौं जेठ, २०–
देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले सरकारको पछिल्लो गतिविधि वैधानिक निरंकुशता ल्याउने दिशामा केन्द्रित रहेको दावी गरेका छन् । संयोजक गजुरेलले सरकार वैधानिक निरंकुशता ल्याउने अभ्यासमा लागि परेको गम्भिर आरोप आरोप समेत लगाए ।
मोर्चाका संयोजक सिपी गजुरेलले सरकारको पछिल्लो गतिविधि वैधानिक निरंकुशता ल्याउने दिशामा केन्द्रित रहेको दावी गरेका छन् ।
आईतबार काठमाडौंमा संचारकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले धर्ना, जुलुस गर्न नपाउने खालको कानुन ल्याउने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सडकमा निस्कनै नपाउने जस्ता कडाई गरेर सरकारले निरंकुशता लाद्ने गतिविधिलाई पुष्टि गर्ने आधार भएको दृष्टान्त समेत पेश गरे ।
संयोजक गजुरेलले सरकारले संसदमा दुई तिहाई बढि मत बनाएर मुलुकमा सामाजिक फासीवादी चरित्र देखाउन खोजिरहेको गम्भिर आरोप पनि लगाए ।
मोर्चाले कम्युनिष्ट एकताको नाममा मुलुकलाई निरंकुशतातर्फ धकेल्ने प्रयास गरिए प्रतिवाद गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।