सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

उपनिर्वाचन

बारामा उपेन्द्र फेरि माथि उक्लिए, रमेश खरेल चौथो

सोमबार, बैशाख ११ २०८०

काठमाडौँ – बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले जनमतका शिवचन्द्र कुशवाहालाई फेरि उछिनेका छन् ।

करैयामाई नगरपालिका वडा १‚ २ र ३ को जम्मा ३ हजार ८१० मत गणना गर्दा कुशवाहालाई यादवले ८९ मतले अग्रता लिएका हुन् ।

यादवले १३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १३०१ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत ल्याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २५९ मत र आम जनता पार्टीले १२४ मत प्राप्त गरेका छन् ।

बारा-२ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । ६८ हजार ८ सय ८६ मत खसेको छ ।