काठमाडौं जेठ, २०–
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई फेरि अस्पताल भर्ना गरिएको छ । केहीदिन पहिले उपचारका लागि भारत पुर्याइएका घिमिरे भारतबाट फर्किएको भोलिपल्ट पुनः अस्पताल भर्ना भएका हुन् । अहिले उनको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकहरुले घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको जनाएका छन् ।
गत जेठ ८ मा स्वास्थ्यमा समस्यादेखिएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए । शनिबार मात्रै घिमिरे भारतको मेदान्त अस्पतालमा उपचार गरेर फर्किएका थिए ।