बेलौरी नगरपालिका–६ विद्यानगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका–७ मनहेरा बस्ने १५ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।