बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, बैशाख १० २०८०

नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगी रामले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।