बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हराएको मोबाइलबाट अश्लील श्रव्यदृश्य सामग्री पठाउने व्यक्ति पक्राउ

शुक्रबार, बैशाख ८ २०८०

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी एक युवतीलाई दुःख दिइ चरित्रहत्या गरेको अभियोगमा रोल्पाका २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनले पीडित युवतीको हराएको मोबाइलबाट विभिन्न सामाजिक सञ्जालमा भएका तस्बिरमा अश्लील शब्द लेखेर अपलोड गर्नाका साथै प्रोफाइलबाट आफन्तलाई आपत्तीजनक श्रव्यदृश्य सामग्री पठाउने गरेको पाइएको छ ।

महरामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।