काठमाडौं – सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित फुटवल ग्राउण्ड नजिक प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले ना.३३ प ७५१३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष र अन्दाजी १५ वर्षीय किशोरको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको ईटहरी उपमहानगरपालिका–२० तरहरास्थित सडकमा प्रदेश–१–०२–००१ ख ८५२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, सैनामैना नगरपालिका–१ बनकट्टास्थित सडकमा लु.१ क १३८५ नम्बरको रम्वादेवी कलेजको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका–१ सुन्दरपथ बस्ने ७५ वर्षीय बाबुराम अर्यालको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।