पाल्पा जेठ, १८–
पाल्पाको रम्भा गाउँपालिका–४, होमिनमा यात्रुहकाक बस दुर्घटना भएको छ । शुक्रबार बिहान तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाले दिएको जानकारी अनुसार सडकबाट खसेर भएको दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको हो ।
दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।
बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेपछि दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको छ । बस दुर्घटनाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।