काठमाडौँ – पाल्पाको रामपुर नगरपालिका–४ कोप्चेघाटस्थित कालीगण्डकी नदीको किनारमा स्याङ्जा चापाकोट नगरपालिका–८ दामाचौर बस्ने ५३ वर्षीया सरस्वती पाठक सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
काभ्रेको पनौती नगरपालिका–८ मल्पी डेरा गरी बस्ने ओखलढुङ्गा घर भएका ४० वर्षीय राज कुमार विसुन्खे सोही ठाउँस्थित खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा हाल नाम, थर, वतन, नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
ईलामको माई नगरपालिका–८ चेपे खोला नजिकै हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।