बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

करेन्ट लागेर मृत्यु

आइतबार, बैशाख ३ २०८०

सुनसरी धरान उपमहानगरपालिका–५ पानवारा बस्ने २४ वर्षीया एलिसा भन्ने योङसोन लिम्बु राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । मोरङ बेलबारी नगरपालिका–११ स्थित माईती घरमा पानी तान्ने मोटरबाट फुलको गमलामा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।