काठमाडौं – सिरहाको सिरहा नगरपालिका–१७ खैटोका लच्कास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया कुमियाँ देवी पासवानको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त सवारी साधनको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित सडकमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख ३१२६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–१२ बरुवा गाउँ बस्ने १८ वर्षीय बसन्त केसीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका–३ मसोटस्थित सडकमा तुलसीपुरबाट बुटवलतर्फ जाँदै गरेको ना.४ ख ६९५० नम्बरको बस अनियन्त्रित शनिबार दिउँसो दुर्घटना हुँदा बसमा सवार बङ्लाचुली गाउँपालिका–७ लापे बस्ने २८ वर्षीया यमी घर्ति मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से.७ प ५९४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१० शिवनगर बस्ने २२ वर्षीय राम बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईशान मेमोरीयल अस्पताल बेलौरी हुँदै निशर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको निशर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका–४ रानिरतवरास्थित सडकमा मडैबाट जलेश्वरतर्फ जाँदै गरेको मधेश प्र.०२–००–०६ प ७४१६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–३ बस्ने २७ वर्षीय संतोष दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।