बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धुर्मुस–सुन्तली फाउन्डेसनमाथि लाखौं रकम असुल गरेको आरोप !

बिहिबार, जेष्ठ १७ २०७५

१७ जेठ, काठमाडौं– नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ । 

फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । 

शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली पाmउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ ।

के भन्छन् धुर्मुस ? 

सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको उनले बताएका छन् । 

प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनले बताए ।