काभ्रे । काभ्रेमा धारिलो हतियार प्रहार गरी एक जना वृद्धाको हत्या भएको छ। हत्या आरोपमा पनौती नगरपालिका–११ का ५२ वर्षीय विष्णुबन्ध थापालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बुधबार बिहान ११ बजे विष्णुबन्धुले आफ्नी ९२ वर्षीया आमा कान्छीमाया थापाको हत्या गरेका हुन् ।
उनले आक्रोशमा आएर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।