२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–६ सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।