काठमाडौं जेठ, १६–
केही दिन पहिले एमाले र माओवादी एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिले पूर्णता पाएको छ । पार्टी एकीकरण भएको ११ दिनपछि ४५ सदस्यीय स्थायी कमिटीले कमिटीले पूर्णता पाएको हो । ४५ सदस्य मध्ये तत्कालिन एमालेको तर्फबाट २६ तथा तत्कालिन माओवादीबाट १९ जना रहेका छन् ।
वर्णानुक्रम अनुसार सदस्यहरुको नाम राखिएको छ ।
नेकपाले ६ जना नेतालाई स्थायी आमन्त्रित सदस्यका रुपमा राखेको छ । तत्कालिन एमालेका अमृतकुमार बोहोरा, केशव बडाल, सोमनाथ प्यासी र डा. पुष्प कडेल स्थायी आमन्त्रित सदस्य रहनेछन् । त्यस्तै तत्कालिन माओवादीबाट अमिक शेरचन र पेशल खतिवडा स्थायी आमन्त्रित सदस्य रहनेछन् । यद्यपि, आमन्त्रित सदस्यका रुपमा राखिएका अमिक शेरचन र अमृत बोहोरलाल आमन्त्रितमा राखिएकोमा असन्तुष्टि पोखेका छन् । उनीहरु दुबैजनाले आमन्त्रित सदस्यका रुपमा नबस्ने चेतावनी समेत दिएका छन् । नेता बोहोराले केपी ओलीलाई भनेका छन्। ‘म पनि तपाईं जस्तै महाअधिवेशनबाट निर्वाचित भएर आएकाले मला
ई किन हटाएको ?’ भनेर प्रश्न समेत गरेका छन् । त्यस्त, शेरचनले आफू हेटौडा महाधिवेशनबाट निर्वाचित भएर आएकाले आफूलाई हटाएकोमा आपत्ति प्रकट गरेका छन् ।
नेकपाको विधान अनुसार ६ जना नेतालाई पदाधिकारीका रुपमा परिभाषित गरिएको छ । केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी केन्द्रीय सचिवालय
पदाधिकारी
तत्कालिन एमालेबाट
तत्कालिन माओवादीबाट