बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ

बुधबार, जेष्ठ १६ २०७५

पाँचथर जेठ, १६–
पाँचथरमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।   फिदिम बजारबाट  नेपाल कम्युनिष्ट पार्टीको एक महिला  कार्यकर्तालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा फिदिम–११ कि सीता थापा राई रहेकी छन्।  पाँचथर प्रहरीले उनलाई आइतबार फिदिम बजारबाट पक्राउ गरेको जनाएको छ। उनलाई आइतबार नै केही सार्वजनिक अपराधअन्तर्गत ६ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको पाँचथर प्रहरीले जनाएको छ।

पाँचथर प्रहरीले यस अघि जिल्लाका विप्लव समूहका ५ जना कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो। केही सार्वजनिक अपराधअन्तर्गत २५ दिनसम्म हिरासतमा राखेर धरौटीमा छोडेको थियो। तर, छोडिएको बहाना पारेको प्रहरीले उनीहरूलाई नियन्त्रणमुक्त नगरी इलाम पठाएको थियो।

उनीहरूलाई इलाममा मुद्दा रहेको भन्दै इलाम पुर्‍याएको छ। प्रहरीले उक्त पार्टीका इलाम र ताप्लेजुङका कार्यकर्ताहरू पाँचथर ल्याएको छ।