बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मंगलबार, चैत्र २८ २०७९

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका–११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती महिलालाई कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।