मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

घुस रकमसहित इन्जिनियर पक्राउ

सोमबार, चैत्र २७ २०७९

काठमाडौँ – सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।