काठमाडौं – लमजुङको दोर्दी गाउँपालिका–६ ताजे आउखेतस्थित सडकमा ना.७ त ५०३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली कौसिपुर नगरपालिका–७ बस्ने ३० वर्षीय अम्मर सिंह डगौराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य २ जना घाइतेलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–४ तिनकुने चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ सिउटी बस्ने ३६ वर्षीय राम मिलन चौधरीको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल सवारी साधनसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धादिङको गल्छी गाउँपालिका–७ बाईस किल्लास्थित सडकमा बा.२ ख ९९०८ नम्बरको माईक्रोबसको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका–७ बस्ने ७५ वर्षीया सुकमाया मिजारको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–११ मेनचोकस्थित सडकमा मे.१ ख २१८४ नम्बरको ट्रकले प्र.१–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–१४ बस्ने ४३ वर्षीय तारणी मगरको घट्नास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको विराटनगर महानगरपालिका–४ नेपाल आयल निगमस्थित सडकमा बा.१–०२५ च ५४४६ नम्बरको कारले प्र.१–०२–०४० प ३२३२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालिका–४ बस्ने ४५ वर्षीय शिव कुमार गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।