काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–१६ बैरबटुवा शिवशक्ति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१६ बैरबटुवा बस्ने २१ वर्षीय भुवन डाँगी र सोही उपमहानगरपालिका–१० नारायणपुर बस्ने २० वर्षीय प्रवेश रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरीले रा.५ प ७२५० नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसगुरसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय ओम अधिकारी र सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसगुर २ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ बस्ने २० वर्षीय असिम सागर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।